नेपाली कम्युनिष्ट पार्टीका युवा नेता बस्नेत सहितका १दर्जन बढी नेता तथा कार्यकर्ता स्वतन्त्र भएको घोषणा(विवरण सहित)

सन्धिखर्क ,पुष ६ ।अर्घाखाँचीमा हालको नेपाली कम्युनिष्ट पार्टीका एक दर्जन बढी नेता तथा कार्यकताले पार्टी परित्याग गरेको घोषणा गरेका छन । २०५७ सालदेखि पुर्व माओवादी केन्द्रका कार्यकर्ता भएका वीरेन्द्र बस्नेत समेत रहनुभएको छ । उहाँ सोहि पार्टीमा रहदा वाइसीयल,जनआन्दोलनको क्रममा बिद्यार्थी संगठन आर आर क्याम्पमा पनि नेतृत्व हुँदै ईलाका कमिटी देखि वाइसीयल लुम्बिनी प्रदेश सदस्य समेत भएका बस्नेत सहितका युवाहरुले पार्टी परित्याग गरेको घोषणा गरेको उहाँले बताउनुभयो ।
हामी परिवर्तनको पक्ष अर्थात आउँदै गरेको निर्वाचनमा जनताको हक हित र अधिकारको काम गर्ने उम्मेदारीलाई हाम्रो साथ सपोर्ट हुन्छ ।अहिले हामी स्वतन्त्र बनेका छौं ।कसलाई समर्थन गर्ने भनेर पछि निर्णय समेत गर्ने जनाएको छ ।





कमेन्ट गर्नुहोस !