जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा सुरक्षित आप्रवासन सहायता कक्ष स्थापना

सागर महत ,अर्घाखाँची ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा सुरक्षित आप्रवासन स्रोत केन्द्र(सहायता कक्ष) स्थापाना गरिएको छ ।स्थापना कक्षको उद्घाटन गदै सन्धिखर्क नगरपालिकाका मेयर कृष्ण प्रसाद श्रेष्ठले सुरक्षित आप्रवासन सहायता कक्षले वैदेशिक रोजगारीमा जाने लाई टेवा पुग्ने बताउनुभयो।
लुम्बिनी प्रदेश उधोग पर्यटन तथा यातायात ब्यवस्था मन्त्रालय र सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोगमा सहायतका कक्ष स्थापना गरिएको हो ।यसबाट जिल्लाका ६ वटै स्थानीय तहले सेवा लिन सक्ने नगरप्रमुख श्रेष्ठको भनाइ छ ।अब देखि वैदेशिक यात्रा लाई सहज बनाउनको लागि ३ पुस्ते विवरण समेत यहाँबाट राख्ने बताउनुभयो ।
यस्तै कार्यक्रमको लागि जिल्ला प्रशासन कार्यालय अर्घाखाँची र सामी हेल्भेटास नेपालको प्राविधिक सहयोग गरेको बताएको छ ।
सहायतका कक्षबाट वैदेशिक रोजगारमा जाने परिवारलाई सुचना तथा परामर्श ,ठगीका उजुरी,सुचना र सहजीकरण,समुदायमा अभिमुखीकरण, वैदेशिक रोजगारीमा जानेलाई मनोसामाजीक परामर्श,वित्तिय साक्षरता लगायतका सेवा प्रदान गरिने सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकिय अधिकृत खुम लाल भुसालले बताउनुभयो ।
विदेश जानुपूर्व केही जानकारी हासिल गरेर मात्र विदेश जानु पर्ने निमित्त प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यको भनाइ छ ।
आर्थिक वर्ष २०६४/६५ देखि आर्थिक वर्ष २०७९/८० सम्म अर्घाखाँचीमा वैदेशिक रोजगारमा जानका लागि ५० हजार ७ सय ८८ वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएको सामी लुम्बिनी प्रदेशका ब्यवस्थापक पञ्चराम चौधरीले बताउनुभयो ।
यस्तै अर्घाखाँचीबाट आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०७९/८० सम्ममा विभिन्न देशका वैदेशीक रोजगारमा गएका मध्य ५८ जनाको मृत्यु भएको छ ,भने अंगभंग हुनेको संख्या ९ रहेको व्यवस्थापक चौधरीले बताउनुभएको हो।
लुम्बिनी प्रदेश उधोग पर्यटन तथा यातायात ब्यवस्था मन्त्रालय सहायक अधिकृत टुकराज पाण्डेले प्रदेशका विभिन्न जिल्लामा सचेतना मुलक कार्यक्रम गदै आएको बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख मिश्रा आचार्यको अध्यक्षता नगरपालिका योजना शाखा प्रमुख दिलिप केसीको संचालनमा सम्पन्न भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक प्रतित सिंह राठोर,घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख सन्तोष खनाल, सन्धिखर्क नगरपालिका १ का वडा अध्यक्ष माधव श्रेष्ठ,२ का मोतीजंग रायमाझी,५ का रिषव अधिकारी,७का श्रीधर महत्रा ,८ का हुमप्रसाद बन्जाडे,१० का मोहन सिंह ठकुरी लगातको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !