सन्धिखर्क नगरपालिकाद्वारा कृषकलाई कृर्षी औजार वितरण

सागर महत,अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले व्यवसायीक कृषकलाई हाते ट्याक्टर र कुटानी पिसानी मेसिन वितरण गरेको छ । कृषकलाई ५० वटा कुटानी पिसानी मेसिन र ३३ वटा मिनिटिरलर वितरण गरिएको नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले बताउनुभयो।

वडा कार्यालयबाट आएका सिफारिस अनुसार व्यवसायिक कृषि पेशामा लागेका कृषकलाई थेरै समयमा धेरै काम गर्न सहज होस भनेर उक्त सामग्री वितरण गरिएको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । थेरै समयमा धेरै काम हुँदा उत्पादनमा पनि वृद्वी हुने उहाँको भनाइ छ ।

आर्थिक वर्ष २०७९÷८० को स्वीकृत कार्यक्रमअन्तरगत ५० प्रतिसत अनुदानमा वितरण गरिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।कार्यक्रममा उपप्रमुख मिश्रा आचार्य,प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुसाल लगायतको पनि सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close