भुमिकास्थान नगरपालिकाद्वारा अपाङ्गता परिचयपत्र वितरण

गोपाल प्रसाद भट्टराई,अर्घाखाँची।अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा हालसम्म ६ सय ३३ जनाले अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन् । नगरपालिकाको महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाद्धारा आज आयोजना गरिएको अपाङ्ग परिचयपत्र बितरण कार्यक्रम मार्फत यस्तो जानकारी गराइएको हो । नगर उप–प्रमुख बालकृष्ण बन्जाडेले अति अशक्त अपाङ्ग भुमिकास्थान–३ का दिपक बन्जाडे र नरहरी पौडेललाई क वर्गको रातो कार्ड ( परिचयपत्र ) बितरण गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

No description available.

नगर उप–प्रमुख बन्जाडे सहित जिल्ला अस्पताल अर्घाखाँचीका डाक्टर राजेन्द्र जिसि।,नगरपालिकाको महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शान्ता आचार्य,शिक्षा शाखा प्रमुख तुवलाल सापकोटा,कार्यपालिका सदस्य खुमा वेल्वासे,शिक्षक प्रतिनिधि गोविन्द आचार्य,खिल्जी प्रहरीचौकीका प्रमुख भेषलाल बुढाथोकी,अपाङ्गको न्यायको क्षेत्रमा काम गर्ने संस्थाको तर्फबाट राधा सुनार सहितको टोलीले जाँच गरि ५३ जनालाई आज परिचयपत्र बाँडिएको छ । नगरपालिकाको तर्फबाट वडाले गरेको सिफारिस तथा अन्य अपाङ्गता खुल्ने कागजात र नागरिकको प्रत्यक्ष उपस्थितिमा टोलीले छानबिन गरि परिचयपत्र बितरण गरिएको महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शान्ता आचार्यले जानकारी दिनुभएको छ ।

No description available.

आज परिचयपत्र प्राप्त गरेका ३२ जना पुरुष र २१ जना महिला गरि ५३ जना मध्ये ४ जनाले क वर्गको परिचयपत्र पाएका छन् । यस्तै ३८ जनाले ख वर्गको,५ जनाले ग वर्गको र ६ जनाले घ वर्गको परिचयपत्र प्राप्त गरेका छन् । नगरपालिकाबाटै परिचयपत्र पाएपछि बिभिन्न वडाबाट आएका अशक्त नागरिकहरु खुशी भएको महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाले दाबी गरेको छ ।

No description available.

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close