भारतमा विषाक्त रक्सीले एक महिनामा ९२ जनाको मृत्यु

एजेन्सी।भारतको विहारमा यो महिनामा मात्रै विषाक्त मदिरा सेवनबाट ९२ जनाको मृत्यु भएको छ । मदिरा सेवनबाट बिरामी भएका धेरै अस्पताल भर्ना भएका छन् । विषाक्त मदिरा सेवन गरेकालाई चक्कर लाग्ने, बान्ता हुने र दृष्टि धमिलो हुनेजस्ता समस्या देखिएको छ । सारण जिल्लामा सबैभन्दा धेरै ८५ जनाको मृत्यु भएको तथा २९ जनाले आँखाको ज्योति गुमाएका छन् ।

राज्यका विभिन्न अस्पतालमा उपचार गराइरहेका मध्ये आठजनाको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अधिकारीले बताएका छन् ।

सन् २०१६ मा राज्य सरकारले मदिरा बिक्री र उपभोगमा प्रतिबन्ध लगाए पनि विगत ६ वर्षमा विहारमा विषाक्त मदिरा सेवनबाट एक हजारभन्दा बढीको मृत्यु भएको तथा ६ लाखभन्दा बढी जेल परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यसै वर्षको जुलाईमा गुजरातमा पनि विषाक्त मदिरा सेवनका कारण ४२ जनाको मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close