अर्घाखाँचीमा विपदसँग सम्बन्धित कृत्रिम घटनाको अभ्यास टुँडिखेलमा गरियो

सागर महत /अर्घाखाँची ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा विपदसँग सम्बन्धित कृत्रिम घटना अभ्यास तथा तालिम मार्फत सचेतना कार्यक्रम गरिएको छ । बस्ती नै निर्माण गरि वनमा लागेको डढेलो बस्तीमा पसेको नमुना अभ्यास गरिएको थियो ।
त्यसको नियन्त्रण गर्दा अपनाउनु पर्ने सावधानि, वन डढेलो नियन्त्रण गर्ने औजारको प्रयोग र विधि लगायतको विषयमा नमुना अभ्यासमै समावेश गरेर सचेतना मुलक अभ्यास सदरमुकाम सन्धिखर्कमा रहेको टुँडीखेलमा गरिएको प्रमुख जिल्ला अधिकारी सशिधर घिमिरेले जानकारी दिनुभयो ।
सुख्खायाम शुरु भएसंगै आगलागीका घटना बढ्ने भएकाले नमुना अभ्यास गरिएको उहाँले बताउनुभयो ।यस्तै पछिल्लो समय घरमा प्रयोग गरिने ग्यासको सहि सदुपयोग गर्न नजान्दा ठुलाठुला घटना हुने गरेकोले त्यसको रोकथामको अभ्यास देखाएको प्रमुख जिल्ला अधिकारी घिमिरे बताउनुभयो ।
सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विक(किशोर)ले विपदका कुनै पनि घटना हुँदा सबैको साथ सहयोग आवश्यक पर्ने भएकाले सबै भन्दा पहिलो आम नागरिक सचेत हुन जरुरी रहेको बताउनुभएको थियो ।
नमुना अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी ,दमकल, घाईतेको उद्वारको लागि एम्बुलेन्सको नमुना अभ्यासमा सहभागीता जनाएका थिए ।कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनाल,प्रहरी नायव उपरिक्षक अम्मर बहादुर थापा ,पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !