नेकपा एमालेको ओली–नेपाल समुहको छुट्टा छुटै बैठक बस्दै

काठमाण्डौं ।नेकपा एमाले खनाल–नेपाल समूहले केन्द्रीय सदस्यको बैठक आजको लागि बोलाएको छ ।बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा केन्द्रीय समितिको बैठक बोलाएको हो।पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको प्रतिप्रश्नसहित जवाफ बिहीबार साँझ खनाल–नेपाल समूहका ४ जना नेताहरूले अध्यक्ष ओलीले मागेको स्पष्टिकरणको दिएका थिए ।
यस्तै
अध्यक्ष ओलीले भने आजै संसदीय दलको बैठक बोलाउनुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार दिउँसो ३ बजेका लागि बैठक डाकिएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो।बैठकमा संसदको चालु अधिवेशन प्रभावकारी बनाउने, सांसदहरुको विकास बजेट खर्च लगायतका विषयमा छलफल गर्ने बताइएको छ ।बालुवाटारमा हुने संसदीय दलको बैठकमा आफूहरू सहभागी नहुने खनाल–नेपाल समूहले बताएको छ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close