अर्घाखाँचीमा डोरी तान प्रतियोगिता सम्पन्न

सागर महत,सन्धिखर्क ।अर्घाखाँचीमा डोरी तान प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा भुमिकास्थान नगरपालिकामा रहेको फलाम खिल्ली युथ स्पोट्स क्लब प्रथम भएको हो ।

यस्तै दृतिय मालारानी गाउँपालिकाको टोली भएको छ भने भुमिकास्थान ५ र ६ का युवा टोली तृतिय भएका छन् । मालारानी ८ को टिम सान्त्वना भएको आयोजक जिल्ला डोरी तान संघले जनाएको छ ।

प्रथम पुरस्कार १५ हजार,दृतिय पुरस्कार १० हजार र तृतिय पुरस्कार ५ हजार विजेतालाई प्रदान गरिएको जिल्ला डोरी तान संघ अर्घाखाँचीका अध्यक्ष विष्णु परियारले जानकारी दिनुभयो ।यस्तो खालको डोरी तान प्रतियोगिता जिल्लामा पहिलो पटक गरिएको हो । प्रतियोगितामा ११ टिमको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close