दाङमा बस दुर्घटना २ को मृत्यु

दाङ । दाङमा बस दुर्घटना हुँदा २ जनको मृत्यु भएको छ । दुर्घटनामा तुलसीपुरमा रहेको ज्ञानज्योति सेकेन्डरी स्कुलको रा १ क ४३३ नम्बरको बस दुर्घटना हुँदा २ जना विद्यार्थीको मृत्यु भएको हो ।मृत्यु हुनेमा तुलसीपुर १६ का अस्मिता डाँगी र किरण चौधरीको मृत्यु भएको छ। उहाँहरु कक्षा ११ मा पढ्ने विद्यार्थी भएको अनुमान गरिएको छ ।दुर्घटनामा १५ जना विद्यार्थी घाइते भएका छन् । घाइते केहीको तुलसीपुरको राप्ती प्रादेशिक अस्पताललगायतका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो ।यस्तै
केही विद्यार्थीको गम्भीर घाइते भएकाले थप उपचारका लागि बाँकेको नेपालगन्ज रेफर गर्ने तयारी भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close