नेपालमा रासायनिक मलको कारखाना खोलिन्छः प्रधानमन्त्री ओली

काठमाण्डौं ।स्वदेशी बिजुलीबाटै रासायनिक मल कारखाना खोल्ने तर्फ सरकार लागि परेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज गरेको कार्यक्रममा उहाँले रासायनिक मल कारखाना खोल्न आवश्यक पर्ने बिजुली दिन कुनै एक परियोजना नै उपलब्ध गराउन सरकार तयार रहेको बताउनुभएको छ ।
नेपालमा मल कारखाना सञ्चालन गर्न सकिने र त्यसका लागि भारतबाट प्राकृतिक ग्याँस ल्याउने उल्लेख गरिएको छ ।प्रधानमन्त्री ओलीले पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर घोषणाले कृषि विकासको क्षेत्रमा मुलुक एक कदम अघि बढेको समेत बताउनुभएको छ ।
कमेन्ट गर्नुहोस !