शितगंगामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न, संविधानको रक्षा अहिलेको आवश्यताः भुसाल

प्रेमनारायण आचार्य ,अर्घाखाँचीको । नेपाली कांग्रेस शितगंगा नगर कार्य समिति अर्घाखाँचीको आयोजनामा र शुभ दिपावली, छड पर्व तथा नेपाल संबतको अबसरमा भएको शुभकामना आदानप्रदान कार्यक्रम ठाडामा सम्पन्न भएको छ ।
कार्यक्रममा मन्तब्य राख्दै पुर्ब उपसभामुख नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला प्रतिनिधि सभाका उम्मेदवार पुस्पा भुसालले संविधानको कार्यन्वयनका लागि लोकतान्त्रिक गठबन्धन गर्नु परेको बताउनुभएको छ ।
अर्घाखाँचीको विकासमा नेपाली कांग्रेसको प्रमुखको भुमिका रहेको बताउनुभयो ।उहाँले नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त संबिधान सभा मार्फत जनताका प्रतिनिधिले लेखेको संविधानको रक्षा गर्दै संविधानको कार्यन्वयनका लागि लोकतान्त्रिक गठबन्धनको जित अहिलेको आबश्यक्ता रहेको बताउनु भयो ।
उहाँले अर्घाखाँचीको विकास निर्माणका काम र जिल्लाको मुहार फेर्न नेपाली कांग्रेस र गठबन्धनको जीत सुनिश्चित भएको बताउनुभयो ।
अर्घाखाँची प्रदेश सभा ख मा नेपाली कांग्रेस तथा गठबन्धनका उम्मेदवार कमल प्रसाद भुसालले नेपाली कांग्रेसको नेतृत्वमा नेपालका हरेक आन्दोलन र परिवर्तन भएको बताउनुभएको छ । उहाँले अर्घाखाँची जिल्लाको विकासमा नेपाली कांग्रेसको भुमिका प्रमुख रहेको बताउनुभयो । उहाँले संविधानको रक्षाका लागि गठबन्धन अहिलेको आबश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान), पुर्व केन्द्रीय आमन्त्रीत सदस्य बालकृष्ण पाण्डे, जिल्ला सभापति केशव श्रेष्ठ, कांग्रेसका नेता तथा लुम्बिनी प्रदेश समानुपातिक उम्मेदवार लोकेन्द्र बिक, नेपाली कांग्रेसका जिल्ला उपसभापति विष्णुप्रसाद भुसाल , सचिव कृष्णप्रसाद खनाल, अच्युत गौतम, कोषाध्यक्ष विष्णु क्षेत्री, नेपाली कांग्रेसका नेता यादव प्रसाद घिमिरे, इन्द्रमणि पौडेल, महाधिवेशन प्रतिनिधि तथा शितगंगा नगरपालिकाका पुर्ब नगर प्रमुख सुर्य प्रसाद अधिकारी, महाधिवेशन प्रतिनिधि डाक्टर चोपलाल भुसाल,शितगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पौडेल,जिल्ला सदस्य बाबुराम गैरे, गोपाल भुसाल, कांग्रेस नेता माधव पौडेल, लक्ष्मी गौतम, मधु पन्थ, क्षेत्रीय सभापति हेमन्त बेल्बासे, सचिव चिन्तराज अधिकारी, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य प्रेमनारायण आचार्य, प्रदेश प्रतिनिधि राजेन्द्र केसी, सावित्रा बेल्वासे, पुर्व नगर सभापति मोती बेल्बासे, राजमोका गोविन्द थापा, हिमलाल बेल्बासे लगायतले मन्तब्य राख्नु भएको थियोे ।
कार्यक्रम नेपाली कांग्रेस शितगंगा नगरपालिकाका नगर सभापति मोहन पन्थीको अध्यक्षता, उपसभापति विष्णुराज बेल्बासेको स्वागत मन्तब्य, चन्द्रमणि पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !