अर्घाखाँची जापान समाजद्वारा जिल्ला अस्पतालाई ५ थान अक्सिजन मेसिन खरिद गर्न आर्थिक सहयोग

सागर महत /अर्घाखाँची ।
जापानमा गठित अर्घाखाँची–जापान समाजले जिल्ला अस्पताल सन्धिखर्कमा अक्सिजनको अभाव लाई मध्यनजर गदै ५ वटा “इलेक्ट्रिक अक्सिजन मेसिन“ उपलब्ध गराउनको लागि आर्थिक सहयोग गरेको छ । समाजका अध्यक्ष बाबुराम पौडेलका अनुसार जिल्ला बाट रोजगारमा गएका र अन्य व्यक्ती बाट आर्थिक रकम संकलन गरि पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनालको खातामा ४ लाख ५० हजार रकम पठाएको जानकारी दिनुभयो ।
सोहि रकम बाट पत्रकार महासंघका अध्यक्ष खनाल र अस्पतालका प्रमुख डाक्टर कपिल गौतमको सहकार्यमा “इलेक्ट्रिक अक्सिजन मेसिन“खरिद गर्न प्रक्रिया अगाडी बडेको अस्पतालका प्रमुख डाक्टर गौतमले जानकारी दिनुभयो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close