अर्घाखाँचीमा बस दुर्घटना ३ को मृत्यु

सागर महत, सन्धिखर्क ।
अर्घाखाँचीमा बस दुर्घटना हुँदा ३ जना मृत्यु भएको छ । शितगंगा नगरपालिका २ भुवनपाटामा लु २ ख ३०३ नम्बरको यात्रुवाहक बस भुवनपाटा ओरालो सडकबाट तल खसेर दुर्घटना हुँदा ३ जनाको घटना स्थलमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनुभयो ।मृतको पहिँचान अझै खुलेको छैन ।
दुर्घटनामा घाइते मध्ये ७ जनालाई बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विष्णु पौड्ेलले जानकारी दिनुभयो ।
अन्य घाइतेको प्राथामिक उपचार केन्द्र ठाडामा उपचार भैरहेको उहाँले बताउनुभयो ।बसमा ३२ जना सवार रहेको बताएको छ ।घटनाको थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।नवलपरासीबाट अर्घाखाँची आइ फर्किने क्रममा दुर्घटना भएको हो ।बस सडकदेखि करिव ३० मिटर तल खसेको हो ।
कमेन्ट गर्नुहोस !