मृतक मतदाताको नाम हटाइयो

जिल्ला निर्वाचन कार्यालय बाँकेले स्थानीय तहबाट प्राप्त भएका मृतक मतदाताको नाम मतदाता नामावलीबाट हटाएको छ । यहाँका छ स्थानीय तहमध्ये कोहलपुर नगरपालिकाबाट ५९८, राप्ती सोनारी गाउँपालिकाबाट ७०४ र नेपालगञ्ज उपमहानगरपालिकाबाट १७१ सहित कूल एक हजार ४७३ मृतक मतदाताको नाम मतदाता नामावलीमा थियो । एक हजार १२६ जनाको अझै पनि मतदाता नामावलीमा नाम रहेको बताइएको छ ।
“हामीलाई स्थानीय तहले जसरी नाम पठाएको थियो, त्यसरी नै हामीले त्यसलाई अन्तिम नामावलीका रुपमा राख्यौँ”, जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमा पन्तले भने । उनले पालिकाले दिएको रेकर्डका आधारमा नै मतदाता नामावली अद्यावधिक गरिएको जानकारी दिए ।
कमेन्ट गर्नुहोस !