च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलङ्कालाई हरायो

काठमाण्डौ । साफ च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलङ्कालाई हराएको छ । खेलमा श्रीलंकालाई ३ .२ गोल अन्तरले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो। नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरेका थिए। श्रीलंकाका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल फर्काए।यो जितपछि नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले २ खेलमा ६ अंक जोडेको छ ।
कमेन्ट गर्नुहोस !