युनियन सबैको साथ सहयोगमा काम गर्न तयार छःअध्यक्ष खनाल

सागर महत/अर्घाखाँची ।
निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन अर्घाखाँचीका अध्यक्ष झविन्द्र खनालले सम्पुर्ण राष्ट्रुसेवक कर्मचारीको हक हितको लागि आफुहरुको टिमले काम गदै आएको बताउँनुभएको छ ।आज सन्धिखर्कमा संस्थाको वृत्ति नामक पुस्तक प्रकाशन कार्यक्रममा बोल्दै खनालले यस्तो बताउँनुभएको हो । यस्तै संस्थाले सरकारी जागिरमा प्रवेश गर्नेहरुको लागि निशुल्क लोकसेवा तयारी कक्षा लगायतका कार्यक्रम संचालन गरेको उहाँको भनाई छ।

आगामी दिनमा पनि युनियन सबैको साथ सहयोगका साथ काम गर्न तयार रहेको बताउँनुभएको छ। यस्तै पुस्तकको विमोचन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले राष्ट्रुसेवक कर्मचारीको भुमिका,नागरिकलाई प्रवाह हुने सेवा,सार्वजनिक व्यवस्थापन क्षेत्रसँगै सम्बन्धित विज्ञ भनाई लगायतका विषयबस्तु केन्द्रित रहेर प्रकाशन गरिएको पुस्तक सबै क्षेत्र लाई समावेश गरेर प्रकाशन गरेकोमा युनियन लाई धन्यवाद दिनुभएको छ ।साथै सकारात्मक कामको लागि प्रशासन पनि सहकार्य गर्न तयार रहेको समेत बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close