सन्धिखर्क नगरपालिकामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु

सन्धिखर्क। अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले मेलमिलाप सम्बन्धी आधारभूत तालिम आजबाट सुरु गरेको छ । आठ दिनसम्म चल्ने सो तालिमको एक कार्यक्रमका बिच नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै तालिममा मेलमिलापको आधारभूत विषयमा प्रशिक्षण दिइने नगरप्रमुख श्रेष्ठले बताउनुभयो। मेलमिलापकर्ताले वडा स्तरमा रहेका मेलमिलाप केन्द्रमा रहेर मेलमिलापको काम गर्न यो तालिमको उपलब्धी हुने बताउनुभयो ।
तालिममा वडा अध्यक्ष ,नगरपालिकाको न्यायिक समितिका सदस्यहरू लगायतको सहभागिता रहेको छ ।काठमाडौंमा रहेको प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालको सहजीकरण सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम सुरु भएको हो । कार्यक्रम सन्धिखर्क नगरपालिकाका नगरउपप्रमुख तथा न्यायिक समितिका संयोजक मिश्रा आचार्यको अध्यक्षता न्यायिक समितिका सदस्य चोपनारायण श्रेष्ठको स्वागत मन्तव्य तथा धर्मराज भुसालको संचालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !