सन्धिखर्कमा शैक्षिक गुणस्तर सुधारको क्रममा छ:नगरप्रमुख श्रेष्ठ

सागर महत, असार १६अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले सन्धिखर्क नगरपालिकामा संचालन भएका सामुदायिक तथा निजी विद्यालयको नतिजा सुधार हुँदै गएको बताउनुभएको छ ।जिल्लाबाट शैक्षिक शत्र २०८१ को एसईईको परिक्षाको नतिजामा सामुदायिक स्कुलतर्फ सन्धिखर्क १ मा रहेको युवाबर्ष जनता रविचित्र माविका प्रोफिट अधिकारी र निजी तर्फ सन्धिखर्क २ मा रहेको ग्रीन इङलिस बोर्डिङका छात्रा बिक्रम सारु मगरले ४ जिपिए ल्याउन सफल भएकोमा शुभकामना दिनुभएको छ ।
सन्धिखर्क ग्रिन बोर्डिङले राखेको एसईईमा सहभागी विद्यार्थी सम्मान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।यस्तै नगरपालिका पनि शैक्षिक गुणस्तर सुधारको क्रममा लागेको बताउनुभयो ।
अर्घाखाँचीमा सामुदायिक र संस्थागत तर्फ कुल २६सय४ विद्यार्थी रहेकोमा १६सय १९ विद्यार्थी उतिर्ण हुन सफल भएको शिक्षा विकास तथा समन्वय एकाई अर्घाखाँचीका प्रमुख विष्णुप्रसाद बेल्वासेले बताउनुभयो ।सामुदायिक तर्फ ५९.८९ र संस्थागत तर्फ ९७.४६ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन ।अब विद्यार्थीको रुचिअनुसारका विषय पढाउन उहाँले अभिभावकलाई सुझाव दिनुभयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नम्बर २का वडा अध्यक्ष मोतीजंग रायमाझी ८का वडा अध्यक्ष हुमप्रसाद बन्जाडे लगायतले शैक्षिक गुणस्तर सुधारमा अभिभावक ,शिक्षक र विद्यार्थी बिच समन्वय भएमाका कारण विद्यालयले राम्रो नतिजा ल्याउन सफल भएको बताउनुभएको थियो ।
सन्धिखर्क ग्रीन इङ्गलिस बोर्डिङमा एसईईमा सहभागी ४२ जना विद्यार्थी सहभागी रहेकोमा शत प्रतिशत पास हुन सफल भएको र एक जनाले ४ जिपिए ल्याउन सफल भएका छन।यो अभियानमा सघाउने सम्पुर्णलाई प्रिन्सिपल टेकबहादुर थापाले बताउनुभयो ।
४ जिपिए ल्याउने विद्यार्थीलाई २० हजार नगद सहित सम्मान गरिने बाचा अनुसार ग्रीन इङलिस बोर्डिङका छात्रा बिक्रम सारुलाई सम्मान गरिएको बोर्डिङका अध्यक्ष डिलाराम भुसालले जानकारी दिनुभयो ।
बोर्डिङको नतिजा सुधारलाई आगामी दिनमा अभिभावक ,विद्यार्थीको बिच समन्वय गरेर अगाडी बड्ने सहायक प्रिन्सिपल नारायण प्रसाद भुसालले बताउनुभयो ।यस्तै science विषयमा उत्कृष्ट नतिजा ल्याउने ११जना बिद्यार्थीलाई ब्यक्तिगत सहायक प्रिन्सिपल भुसालले नगद सहित सम्मान गर्नुभएको हो।
कमेन्ट गर्नुहोस !