अर्घाखाँचीका आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

सन्धिखर्क ।लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा अर्घाखाँचीका चेतनारायण आचार्य नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री नियुक्त गर्नु भएको हो ।
अर्घाखाँची प्रदेश सभा १ (क) बाट प्रदेश सभा सदस्यमा दोस्रो कार्यकालका लागी निर्वाचित आचार्य मुख्यमन्त्री बन्नुभएको हो ।मुख्यमन्त्री सहित एमाले र कांग्रेका मन्त्रिहरुले पनि सपथ ग्रहण गर्ने योजना बनेको छ । ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनको लागि ४४ मत चाहिन्छ।प्रदेशमा एमालेका २९ र कांग्रेसका २७ सांसद छन।
सन्धिखर्क नगरपालिका वडा नम्बर ९ अर्घामा जन्म भएका आचार्यले २०४६ सालमा ईलाका कमिटि सदस्य देखि जिल्ला अध्यक्ष त्यस्तै पार्टीको केन्द्रिय सदस्य बन्नु भएका आचार्य अहिले दाङ जिल्ला ईञ्चार्जको जिम्मेवारीमा हुनुहुन्छ ।
कमेन्ट गर्नुहोस !