शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरे

नवलपरासी । पश्चिम नवलपरासी सरावल गाउँपालिकामा रहेको विद्यालयका शिक्षकले ९ वर्षीया छात्रालाई निर्घात कुटपिट गरेका छन्।
गाउँपालिका वडा नम्बर ०७ मा रहेको बर्दघाट कालिका ईंग्लिशका शिक्षक निरन्जन यादवले कक्षा १ मा पढ्ने विद्यार्थी कन्चना राजभरलाई गम्भीर रूपमा कुटपिट गरि घाइते बनाएका छन् ।बालिकाको घरमा गएरसमेत विद्यालय किन नआएको भन्दै कुटपिट गरेको यादवले विद्यालय आएपछि लौरो र लात्तीले प्रहार गरेको अभिभावकले जानकारी दिए। अहिले विद्यालयमा ताला लगाएको छ ।स्थानीयले कुटपिट गर्ने शिक्षकलाई कडा कारबाही गर्न माग गरेका छन्। तस्वीरः रन्जीत शर्मा
कमेन्ट गर्नुहोस !