प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अर्घाखाँचीको आयोजनामा प्राविधिक ज्ञान सहित कृषकलाई भ्रमण

सागर महत ,अर्घाखाँची ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना परियोजना कार्यान्वयन एकाई अर्घाखाँचीको आयोजनामा अन्तरपालिका कृषकलाई भ्रमण गराएको छ।पाणिनी गाउँपालिका वडा नम्बर १सिम्लेमा रहेका विभिन्न सुन्तला बगैंचाको भ्रमण गराएको हो।


कार्यक्रम सुन्तला कृषकको घरमै पुगि सुन्तलाको बगैंचा अवलोकन संगै सुन्तलामा लाग्ने रोग,विरुवा रोप्दा र सुन्तला टिप्पदा ध्यान दिनुपर्ने विषयमा प्राविधिक सहितको भ्रमण गराइएको कार्यालय प्रमुख विष्णु बहादुर मग्रातीले बताउनुभयो।

 

कृषकका समस्या सहित समाधानका उपाय बारेमा भ्रमण गराउदा अन्य पालिकाका कृषकलाई पनि फाईदा हुने भएकाले यसरी भ्रमण गराएको उहाँले बताउनुभयो।


पाणिनि गाउँपालिका वडा नम्बर १ कि वडा सदस्य तथा कार्यपालीका सदस्य शान्ता गौतमले शित भण्डार व्यवस्थीत नहुँदा यस वर्ष किसानले क्षती भोग्न बाध्य भएको बताउदै किसानलाई राहात प्रदान गर्न आग्रह गर्नुभएको हो ।यहाँका अधिकामशको कृषकको पेसा नै सुन्तला भएको बताउनुभयो ।

कृषकले सुन्तलामा लाग्ने रोग तथा विरुवा रोप्दा ध्यान दिने विषयमा बगैंचामा प्राविधिक सहितको सेवा पाउँदा निकै खुशी भएको पाणिनी १का कृषक बालकृष्ण भट्टराईले बताउनुभयो ।

कार्यक्रममा पाणिनी गाउँपालिका कृषि शाखा प्रमुख मेघराज पौडे्ल ,जिल्लाका विभिन्न पालिकाका कृषक,प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका दिवाकार पन्त, प्रमोद भट्टराई,मनिस महतारा मनोज खनाल,कृषि ज्ञानकेन्द्रका पोम नारायण कुवर लगातको सहभागीता रहेको थियो ।यस्तै सन्धिखर्क ५ मा रहेको मुखिया कृषि फम र पाणिनि गाउँपालिकामा रहेको शिवशक्ती शित भण्डारको समेत अवलोकन गरिएको हो ।

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close