अर्घाखाँचीमा एकै दिन ५२ जना कोरोना मुक्त,२७ जनामा पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा ८ जना,भुमिकास्थान नगरपालिकामा ६ जना,शितगंगा नगरपालिकामा १ जना,मालारानी गाउँपालिकामा ४ जना, पाणिनी गाउँपालिकामा ४ जना र छत्रदेव गाउँपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।यो सँगै कुल कोरोना संक्रमित संख्या १८ सय ३९ पुगेको छ ।
गएको २४ घण्टामा ५२ जनाले कोरोना लाई जितेर डिस्चार्ज भएका छन ।यो सँगै जिल्ला मा हाल सम्म कोरोना मुक्त हुनेको संख्या १ हजार ३१ पुगेको छ ।अब जिल्ला मा सक्रिय संक्रमित संख्या ७ सय ६२ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।यस्तै हाल सम्म कोरोना बाट जिल्ला मा मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।
कमेन्ट गर्नुहोस !