गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन पृथ्वी सुब्बा गुरुङ नियुक्त

काठमाण्डौं। काठमाण्डौं। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन पृथ्वी सुब्बा गुरुङले नियुक्त हुनुभएको छ । उहाँ लाई प्रदेश प्रमुख सीता पौडेलले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।गुरुङले तीन दिनअघि राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले तीन दिनको समय दिएर बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई चार दलका ३१ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दाबी गरेको भए पनि बहुमत नपुगेपछि पृथ्वीसुब्बा गुरुङलाई नै नियुक्त गरिएको हो ।जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा र अर्का सांसद खिम विक्रम शाहीले साथ नदिएपछि नयाँ गठबन्धनले ३१ जना सांसदको हस्ताक्षर पुर्याउन नसकेको हो । अब मुख्यमन्त्री गुरुङले एक महिनाभित्रमा प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ ।
कमेन्ट गर्नुहोस !