विप्लव पूर्व नवलपुरबाट काठमाण्डौं प्रस्थान

काठमाण्डौं ।नेकपाका नेता नेत्र विक्रम चन्द विप्लव नवलपरासी पूर्व नवलपुरबाट काठमाण्डौं प्रस्थान गर्नुभएको छ ।सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएको भोलिपल्ट अर्थात आज विप्लव नवलपरासीबाट सार्वजनिक हुनुभएको हो ।देवचुलीबाट सार्वजनीक गाडी मार्फत काठमाण्डौं प्रस्थान गरेको जनाईएको छ ।
विप्लव संगै केन्द्रिय सदस्य बाला थापा र आधा दर्जन आफ्ना सहयोगी सहित उहाँ काठमाण्डौ लाग्नुभएको जनाइएको छ । उहाँ अमरापुरीका शहिद परिवारहरुलाई भेटघाट गरी आज् काठमाडौंका लागि प्रस्थान गर्नुभएको हो । ‘
करिव तीन वर्षसम्म भूमिगत भएका विप्लव आज दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा सार्वजनिक हुँदैहुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै उहाँले सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close