लुम्बिनीमा मुख्यमन्त्रीले विश्वासको मत लिँदै

बुटवल ।लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची तय गरेको छन । नेकपा एमालेका सांसदले प्रदेशसभा बैठक अवरुद्ध पारेकै बेला लुम्बिनी मुख्यमन्त्री कुल प्रसाद केसीले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री केसीले आफूमाथि प्रदेशसभाको आफूमाथि विश्वास छ भन्ने पुष्टि गर्न ४१ सांसदको समर्थन जुटाउनुपर्छ । सत्ता पक्षमा नेपाली कांग्रेसका १९,माओवादी केन्द्रका १८ ९सभामुख वाहेक०,जनता समाजवादी पार्टीका ३, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र सांसद अजय शाहीसहित ४२ सांसद छन् । विपक्षी एमालेका ३७ सांसद रहेका छन् ।

माओवादी केन्द्र संसदीय दलका नेता केसी लुम्बिनी प्रदेश सभाका चार दल र एक स्वतन्त्र गरी ४२ जना सांसदको समर्थनमा साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close