ज्ञानेन्द्र शाहीको टिममाथि आक्रमण,५ जना घाईते

काठमाण्डौं ।ज्ञानेन्द्र शाहीको टिममाथि सुर्खेतमा आक्रमण भएको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोलामा गएराति ११ बजे आक्रमण भएको हो ।शाहीले सामाजिक सन्जालमा आफूसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको बताउनुभएको छ ।निषेधाज्ञाको समयमा समस्यामा परेकाहरुलाई सहयोग गर्न भन्दै शाहीसहितको समूह देशका बिभिन्न जिल्लामा पुग्दै आएको छ ।
सामाजिक संजालमा ज्ञानेन्द्र शाही यस्तो भनाइ राख्नुभएको छ ।

 

आफनो ज्यानको नै माया मारी कोभिड बाट लाखौ नागरिक बचाउन लागिरहँदा पनि आफनो ज्यान बचाउन सकिएन सतिले सरापेको देश हो भन्थे हो रहेछ अब त यो देशमा नै बस्न मन लागेन । मध्यराती सुर्खेतमा हामी माथी ज्यान मार्ने हमला भो ,राजेश महत ,कृष्ण पान्डे ,तिलक बस्नेत , नितु खडका ,लोक बहादुर रोकाय ,शान्त शर्मा ,सीता आचार्य ,महेश बि.सि ,खगेन्द्र बजगाई को ज्यान बाल बाल बच्यो धन्यवाद भगवान धन्यवाद शुभचिन्तक ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close