सन्धिखर्कमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

सागर महत,अर्घाखाँची ।अर्घाखाँचीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।सन्धिखर्क नगरपालिका वडा नम्बर १ तुम्कोटका ६७ बर्षिय चन्द्र बहादुर नेपालीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
लु २ त १७६३ नम्बरको ट्याक्टरले ठक्कर दिदा गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक तथा सुचना अधिकारी कृष्ण घिमिरेले बताउनुभयो ।
सन्धिखर्क देखि तुम्कोट जाने क्रममा उनी सवार मोटरसाईकललाई गएराति ट्याक्टरले ठक्कर दिएको थियो । ठक्कर दिने चालक र गाडी नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाईएको बताईएको छ ।
कमेन्ट गर्नुहोस !