पेट्रोलिय पदार्थको मुल्य बढ्यो

काठमाण्डौं ।नेपाल आयल निगमले गएराति देखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य बढाएको छ । जसमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई÷दुई रूपैयाँका दरले मूल्यवृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायका जानकारी दिनुभयो ।
नयाँ मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर ११६ रूपैयाँ कायम भएको छ। यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर ९९ रूपैयाँ कायम भएको छ। यस्तै हवाई इन्धन आन्तरिक उडानतर्फ साविकको प्रति लिटर बिक्री मूल्यमा पाँच रूपैयाँ वृद्धि गरी ७२ रूपैयाँ कायम गरिएको निगमले जनाएको छ ।
यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २५ अमेरिकी डलरले वृद्धि गरी ८९३ डलर प्रतिकिलोलिटर कायम गरिएको छ। खाना पकाउने एलपी ग्यासको भने मूल्य नबढाएको निगमले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close