शितगंगामा धर्म परिवर्तन गराउँदै हिडेका २ महिलालाई प्रहरीको जिम्मा लगाइयो

सन्धिखर्क ।अर्घाखाँचीमा धर्म परिर्वतन गराउँन गाउँ गाउँमा डुली विभिन्न प्रभोलन देखाउँने महिलालाई प्रहरीले प्रकाउ गरेको छ । जिल्लाको शितगंगा नगरपालिकाको वडा नम्बर १३ का विभिन्न ठाउँमा धर्म परिवर्तन गराउँदै हिडेका दुई जना महिला लाई पक्राउ गरी सिमलपानी प्रहरी चोकी मार्फत ईलाका प्रहरी कार्यालय ठाडामा पठाईएको वडा अध्यक्ष दुर्गा विसीले जानकारी दिनुभयो ।

वडामै धर्म परिवर्तन गराउँन हिडेका अन्य १० जना फरार भएका हुन। वडा अध्यक्ष विसीका अनुसार अहिले केही व्यक्तिहरू आर्थिक प्रलोभन देखाई सोझा साझा समुदायलाई भ्रममा पारेर धर्म परिवर्तन गराउने दुष्प्रयासमा लागेको पाएको उहाँले बताउनुभयो ।हामीले इलाका प्रहरी कार्यालय ठाडालाई जिम्मा लगाएका छौं,प्रहरीले आवश्यक अनुसन्धान गर्ने उहाँको भनाइ छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close