मालारानी गाउँपालिकाको हंशपुरमा वडा कार्यालयको भवन उद्घाटन

अर्घाखाँची ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ८ हंशपुरको नव निर्मित वडा कार्यालयको भवन एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले नव निर्मित भवनको उद्घाटन गदै पालिकाले सबै वडामा भवन बनाउने लक्ष्य साथ अगाडी बढेको बताउनुभयो हो ।साथै पालिकाको आफ्नै सुविधिा सम्पन्न भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्री लगायतले मन्तव्य राखेको कार्यक्रम वडा अध्यक्ष नरेन्द्रबहादुर बस्नेतको अध्यक्षता गाउँपालिका प्राबिधिक प्रमुख हरिषचन्द्र पान्डेको सन्चालनमा सम्पन्न भएको हो ।कार्यक्रमका बारेमा योजना शाखा प्रमुख नेत्रप्रसाद खनाल प्रकाश पारेको योजना शाखाका कर्मचारी पदम आचार्यले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close