तिनपानेको चुनढुङ्गा उत्खनन परिसरमा संरक्षण समितिले वृक्षारोपण गर्यो

गोपाल प्रसाद भट्टराई,अर्घाखाँची।
खाँचीकोटको तिनपाने लेक चुनढुङ्गा उत्खनन परिसरमा बुधबार वृक्षारोपण गरिएको छ । तिनपाने लेक संरक्षण संघर्ष समितिको आयोजनामा भएको वृक्षारोपण कार्यक्रमा जडीबुटी तथा फलफुलका करिब ३ सय बिरुवा रोपिएको हो ।उक्त स्थानमा भइरहेको चुनढुङ्गा उत्खनन रोकि पर्याबरण संरक्षण र पर्यटन विकास बढाउने उद्देश्यका साथ सो क्षेत्रमा उत्तिस, पैयूँ, टिमुर, सौर
जस्ता विभिन्न प्रजातिका करिब ३ सय वृक्षा रोपण गरिएको तिनपाने लेक संरक्षण संघर्ष समितिका संयोजक पृतम थापाले बताउनुभएको छ ।

वृक्षारोपण कार्यक्रमकै अवसरमा आयोजित प्रवचन कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसी, एमालेका स्थानिय नेता दुमन थापा र माओवादी केन्द्रका स्थानिय नेता बाबुराम आचार्य लगायतले मन्तव्य समेत राख्नुभएको थियो ।कार्यक्रममा बोल्दै उहाँहरुले नरपानी र खाँचीकोट क्षेत्रका डाँडा कटान गर्दा हुने फाइदा भन्दा बेफाइदा बढि देखिएकोले चुनढुङ्गा उत्खनन बन्दगर्नुपर्ने बताउनुभएको छ ।

पानीका मुहान सुक्ने, वायु प्रदुषण बढाउने,ऐतिहाँसिक धार्मिक तथा पर्यटकिय क्षेत्र ध्वस्त हुने, उत्खननले सिमित विचौलियालाई ठुलो लाभ भएपनि जिल्ला र स्थानियलाई ठुलो क्षति भइरहेकोले
चुनढुङ्गा उत्खनन बन्द गर्नुपर्ने उहाँहरुको तर्क छ । राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेल, तिनपाने लेक संरक्षण संघर्ष समितिका
सचिव बिष्णु थापा, सह–संयोजक द्धोय बसन्त खड्का, गणेश थापा लगायत स्थानिय सरोकारवालाको बाक्लो उपस्थितिमा वृक्षारोपण गरिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close