सुरइ-धानखोला सडक स्तरोन्नति तीव्र

सुर्य प्रसाद भुसाल,सन्धिखर्क ।पुर्व पश्चिम राजमार्ग अन्तरगत सुरईखोला धानखोला सडक खन्ड अन्तरगत सडक ढलान, नालि निर्माण तथा सडक मर्मत को कामलाई तिब्र पारिएको छ ।
सडक डिभिजन कार्यलय कपिलवस्तुका अनुसार सुरई खोला धानखोला सडकमा ठुला ठुला खाल्डा खुल्डि रहेको, सडक नाली बिग्रेको तथा भत्किएको र विभिन्न मोडहरुमा समेत सडक जिर्ण भएकोले उक्त ठाउमा सडक निर्माण भएपछि यात्रु तथा सवारी चालकहरुलाइ सहजता हुने भएको छ । सो सडक मर्मत नहुदा बर्खायाममा पहिरो जाने र सडक अबरुद्ध हुने गर्मि लागेपछि हिड्न नै नसकिने गरि धुलो उडने हुदा यात्रु र सवारी सालकहरु लाई सास्ती हुदै आएको थियो।
राजमार्ग स्तर उन्नति तथा पुनरस्थापना कार्यक्रम अन्तरगत सात सय मिटर दुईलेन सडक ढलान तथा ३५ सय मिटर नालि निर्माण गर्ने काम अहिले दुर्त गतिमा अगाडि बढेको सडक डिभिजन प्रमुख बिबस बाबू सदादेवले बताए । उनका अनुसार हाल यो सडक को कामको भौतिक प्रगति ७० प्रतिसत रहेको र निर्माण प्रगती संतोषजनक रहेको बताएका छन् सुरईखोला धानखोला सडक खन्ड मध्ये जतिबेला पनि बिग्रिरहने सडक सुरई खोला( दोवाटा खण्ड अन्तरगत को झन्डै ५ सय मिटर १ लेननको सडक ढलानको काम समेत सम्पन्न भई अर्को लेनको काम र नालि निर्माण को काम निरन्तर जारि रहेको सदादेवले बताए ।

सडक डिभिजनका अनुसार चोरखोला, ठाडे खोला र पैरा खोलामा पनि अहिले सडक स्तरउन्नति गर्ने काम शुरु भएको छ यो सडक को जिम्मेवारी मंगलादेवि सुभास अल्कापुरी जे। भी। ले अषाढ मसान्तसम्म सम्म सम्पन्न गर्ने गरि काम गरिरहेकोमा हाल काम को प्रगति पनि निकै अगाडि बढेको छ । सो सडक निर्माण गर्दा बैकल्पिक सडक नभएको कारणले पनि ट्राफिक समस्या हुने र सडकमा जताततैका गाडिहरु को प्रेसर हुने कारण निर्माण कार्यमा प्रभाव पारेको निर्माण व्यवसायी बताउँछन् । दोवाटा देखि धानखोला सम्मको सडकको पटहोल्स मर्मत सम्पन्न भईसकेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close