पाल्पामा टिपर दुर्घटनामा परि १जनाको मृत्यु ,२ घाइते

पाल्पा । पाल्पामा गएराति टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। २ जना घाइते भएका छन् ।गुल्मीबाट पाल्पाका लागि हिडेको रा १ ख २४०४ नम्बरको टिपर सडकबाट खस्दा रिब्दीकोट गाउँपालिका वडा नम्बर ३ का विष्णु ढकालको मृत्यु भएको हो ।

दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १२ का यमराज पुन र त्रिवेणी गाउँपालिका वडा नम्बर ५ रोल्पाका हिमाल घर्ती घाइते हुनुभएको छ । घाइते दुवै जनाको तानसेनको युनाइटेड मिसन अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार टिपर आफैँ ब्याक हुँदा दुर्घटना भएको हो । टिपरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close