आज हरिबोधनी एकादशी,सन्धिखर्कमा देउसी भैलो सुरु

काठमाडौं । कात्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधनी एकादशी पर्व मनाइँदै छ । हरिबोधनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिन्छ । हरिबोधनी, ठूली एकादशी वा तुलसी विवाहको नामले प्रसिद्ध यसदिन विशेष गरी विष्णु भगवान्को पूजासहित तुलसी विवाहको उत्सव मनाइन्छ ।
कात्तिक शुक्ल एकादशीका दिन औषधिको गुणले युक्त तुलसीको पूजा(आराधना गरी हरिबोधनी एकादशी पर्व मनाइन्छ । हरिबोधनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर (विष्णु)को विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीर सागरमा सुत्नुभएका विष्णु आज ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।
हरिशयनीदेखि हरिबोधनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा–आराधना गर्दछन् । विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता मांगलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी–पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।यस्तै आज अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क लगायत जिल्लाका अधिकामश ठाँउमा देउसी भैलो सुरुभएको छ ।
कमेन्ट गर्नुहोस !