पाल्पामा जिप दुर्घटना हुँदा ३ को मृत्यु,२ घाइते

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर १ मा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । चालकसहित २ जना घाइते भएका छन् ।
रैनादेवी छहरा गाउँपालिका वडा नम्बर१ सिद्देश्वरको असारेस्थित सल्लेरी पाखापानी सामुदायिक वनमा लागेको डढेलो निभाउने जाने क्रममा भएको दुर्घटनामा परी स्थानीय ३६ वर्षीय दीपेन्द्र बुढामगर, ३१ वर्षीय चेतनारायण विक  र २३ वर्षीय जनक रेगामी मगरको मृत्यु भएको हो ।

लु ३ च २३५७ नम्बरको जिप आइतबार राति करिब १०ः१० बजेतिर अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुनिल मल्लले जानकारी दिनुभयो ।दुर्घटनामा २७ वर्षीय जिप चालक रञ्जन रेस्मी र २२ वर्षीय सरोज बुढा घाइते छन् । उनीहरुको मिसन अस्पताल पाल्पामा उपचार जारी छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close