अर्घाखाँचीमा ८ हजार बालबालिकालाई पोलियो रोग विरुद्वको आ.ई.पी.भी खोप लगाइने

सागर महत,सन्धिखर्क ।अर्घाखाँचीमा करिव ८ हजार बालबालिकालाई पोलियो रोग विरुद्वको आ.ई.पी.भी खोप लगाउने भएको छ ।जिल्लामा जेठ १३ गतेदेखि अभियान संचालनको लागि स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी सन्धिखर्कमा सम्पन्न भएको छ ।
जसको लागि जिल्लाका ६ वटै पालिकामा रहेका स्वास्थ्यक्रमीहरुलाई चरणबद्वले अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी गराएको स्वास्थ्य कार्यालय अर्घाखाँची खोप संयोजक तथा सुचना अधिकारी विजय विकले जानकारी दिनुभयो ।
खोप अभियान विद्यालयस्तरमा लगेर लगाइने र विद्यालय नगएका बालबालिकालाई भने नजिकको स्वास्थ्य संस्थामा गएर लगाउने व्यवस्था मिलाइने गरी अभिमुखीकरण गराएको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख गणेशराज पौडे्लले बताउनुभयो ।
शुक्रबार भुमिकास्थान नगरपालिका र पाणिनी गाउँपालिकालाई अभिमुखीकरण तालिम प्रदान गरिएको हो । यस अघि सन्धिखर्क नगरपालिका ,शितगंगा नगरपालिका,मालारानी गाउँपालिका र छत्रदेव गाउँपालिकाका स्वस्थ्यक्रमीको लागि अभिमुखीकरण तालिम प्रदान गरिएको हो । यस पटक सरकारले २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई खोप लगाउने लक्ष्य राखेको उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै अर्घाखाँची अस्पतालका एमडीजीपी विशेषज्ञ डा. अशोक कुमार शाहले पोलियो रोग पोलियो भाइरसबाट हुने एक सरुवा रोग हो। यो रोग लागेमा हातखुट्टा लुलो र पक्षघात हुने लगायतका विषयमा प्रकाश पार्नुभएको हो ।कार्यक्रम सुदनराज गौतमको संचालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !