मालारानीमा चकलेट दिएर वालिका जबरजस्ती गर्न खोज्ने एक जना पक्राउ

अर्घाखाँची ।अर्घाखाँचीको मालारानी गाउँपालिकामा जबरजस्ती करणीको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन ।७ वर्षकी नाबालिकालाई चकलेट खाने बाहाना पारि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
पक्राउ पर्नेमा मालारानी ७ भेडिखोरका ३८ वर्षिय कमल महत रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक तथा सुचना अधिकारी शंकर खड्का जानकारी दिए। यस्तै उनलाई प्रारम्भिक अनुसन्धान पछि अर्घाखाँची जिल्ला अदालतमा पेश गरीएको र अदालतबाट म्याद थप गरी अनुसन्धान भई रहेको प्रहरीको भनाइ छ ।
कमेन्ट गर्नुहोस !