अर्घाखाँचीमा लालपुर्जा वितरणमा समस्या

सन्धिखर्क।अर्घाखाँचीमा ५ हजार ८८ जना भुमिहिन दलित, भुमिहिन सुकुम्बासि र अव्यवस्थित बसोबास रहेको तथ्य सार्वजनिक गरिएको छ ।जसमध्ये भुमिहिन दलित २सय ९६,भुमिहिन सुकुम्बासी १सय ५० अव्यवस्थित बसोबासी ४ हजार ६सय ४२ रहेको राष्ट्रिय भुमि आयोगका जिल्ला समिती अर्घाखाँचीका अध्यक्ष यादव प्रसाद घिमिरेले जानकारी दिए।

यस्तै वन ऐन बाझिएपछि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यबस्थित बसोबासीले जग्गा पाउन सकेका छैनन्। जग्गा नापजाँच गर्ने, नक्सा सिट बनाउने जस्ता कार्य गरेपनि वन ऐन र भूमि सम्बन्धि ऐन बाझिदा लालपुर्जा बनाउन र वितरण गर्न नसकिएको जिल्ला अध्यक्ष घिमिरेले पत्रकार सम्मेलनबाट जानकारी दिएका हुन।

अव्यवस्थित बसोबासीले आवास प्रयोजनका लागि १ हजार वर्गमिटर र कृषि प्रयोजनका लागि १० हजार वर्गमिटर जग्गा पाउन सक्ने क्षेत्रफल रहेको नापी कार्यालय अर्घाखाँचीका नापी अधिकृत कपिलदेव बस्यालले बताए।त्यस्तै भुमिहिन दलित र भुमिहीन सुकुम्बासीको आवास प्रयोजनको जग्गा ३सय ४० वर्गमिटर र कृषि प्रयोजनको जग्गा ३ हजार वर्गमिटर रहने व्यवस्था रहेको बताए ।
जिल्लामा तिन नगरपालिका र तिन गाउँपालिका रहेका छन ।तथ्याङ संकलन मध्ये शितगंगा नगरपालिका,सन्धिखर्क नगरपालिका र मालारानी गाउँपालिकाको डाटा ईन्ट्रि गर्ने काम सकिएको छ भने भुमिकास्थान नगरपालिका,छत्रदेव गाउँपालिका र पाणिनि गाउँपालिकाको डाटा ईन्ट्रि गर्ने काम चलिरहेको जनाएको छ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close