अर्घाखाँचीमा परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर भोलीदेखि सुरु हुँदै

सागर महत,सन्धिखर्क ।
अर्घाखाँचीमा परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर भोलीदेखि संचालन हुने भएको छ। फागुन ३० देखी चैत्र ४ गते सम्म सञ्चालन हुने भएको हो।सन्तानको रहर पुगेका दम्पतीहरूका लागि निशुल्क परिवार नियोजन स्थायी बन्ध्याकरण शिबिर सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी विजय विकले जानकारी दिनुभयो ।
पुरुषहरूका लागि भ्यासेक्टोमी र महिलाहरूका लागि मिनिल्याप शिबिर सञ्चालन गर्ने बताउनु भयो।उहाँले फागुन ३० गते ठाडा प्राथमिक स्वास्थ्य केन्द्र चैत्र १ गते बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र, चैत्र २, ३ र ४ गते अर्घाखाँची अस्पताल, सन्धिखर्कमा शिबिर सञ्चालन हुने भएकोले सन्तानको रहर पुगेका दम्पतीहरूलाई शिविरमा सहभागी हुन सुचना अधिकारी विकले आग्रह गर्नु भयो।
कमेन्ट गर्नुहोस !