अर्घाखाँचीमा जवरजस्ती करणी मुद्धामा फरार प्रतिवादी पक्राउ

सागर महत,सन्धिखर्क ।जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जवरजस्ती करणी मुद्धामा फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुरा का केशव दर्लामी रहेका छन ।
जवरजस्ती करणी मुद्धामा २०७७असार १५ गतेको फैसला अनुसार ५ वर्ष कैद तोकिएकोमा फैसला पश्चात फरार रहेका दर्लामीलाई विशेष सुचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । पक्राउ गरी कैद भुक्तानको लागी कारागार चलान समेत गरिएको प्रहरीले बताएको छ ।
कमेन्ट गर्नुहोस !