राष्ट्रिय संगीतकर्मी संघको आयोजनामा दर खाने कार्यक्रम सप्पन्न

काठमाडौं। आज हरितालिता तीजको विशेष दिन आजको दिनमा विशेषगरी नाचगान र रमाइलो गरि मनाउने चलन छ।यस पर्वलाई विशेषगरी महिलाहरुको पर्व पनि भन्ने गरिन्छ।महिलाहरुले दर खाने , व्रत बस्ने तथा नाचगाउन गरेर मनाउदै आएका छन्।
राष्ट्रिय संगीतकर्मी संघको आयोजनामा आज तीजको अवसरमा काठमाडौंको तार्केश्वरमा रहेको अपांग सेवा केन्द्रमा करिब ३० जना जतिलाई दर खुवाउने कार्यक्रम सप्पन्न भएको छ। कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका सचीव जीवन परियार, संयोजक माया भट्टराई, राष्ट्रिय संगीतकर्मी संघका आजीवन सदस्य भरत खड्का लालध्वाज लगायतको उपस्थिति रहेको थियो ।यस्तो खालको कार्यक्रमले आफुहरुलाई खुसी मिलेको सचीव परियारले बताए। राष्ट्रिय संगीतकर्मी संघ एउटा सक्रिय संस्था हो जसले समय समयमा यस्तै उदाहरणीय कार्य गर्दै आएको छ।
कमेन्ट गर्नुहोस !