मोतिराज खनालको नयाँ तीज गीत नक्कले साईली बजारमा

अर्घाखाँची  ।अर्घाखाँचीको माटोले जन्माएको एउटा निरन्तर नेपाली गीत संगीतमा लागिरहेका कलाकारको रुपमा मोतिराज खनाललाई लिन सकिन्छ।ऊनी नेपाली गीत संगीतको मर्म संस्कार र हाम्रो परम्परालाई जोगाउने कुरामा अत्यन्तै सचेत छन्।आफ्नो पेसा व्यवसाय सँगसँगै नेपाली गीत संगीतलाई पनि निरन्तर माया गरेको देख्न सकिन्छ ।

हरेक वर्षमा उनका तीजका गीतहरु बजारमा आइरहेका हुन्छन् ।त्यसैगरी यस वर्ष पनि उनकै शब्द संगीत सिर्जना र आवाजमा तीज गीत नक्कले साईली बजारमा आएको हो।

मोतिराज खनाल,कल्पना विष्ट,बैकुण्ठ महत ,मिना बेल्बासे ,लक्ष्मण चापागाईं,किरण श्रीपालीले आवाज दिएको उक्त गीतमा भुवन पोख्रेल,अनिल पौडेल,जुना कार्की,सुबि शाही लगायतको डान्स तथा अभिनय देख्न सक्नुहुनेछ । सुरज खनालको निर्देशन देवेन्द्र कुँवरको कोरियोग्राफी त्यसैगरी विनोद बमको सम्पादनमा गीत तयार भएको हो।

पूरा भिडियोको लागि तल लिन्क दिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close