अर्घाखाँचीमा १सय ५४ जनामा कोरोना पुष्टि,१सय १ जना डिस्चार्ज

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप १सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा ७७ जना,भुमिकास्थान नगरपालिकामा २७ जना,शितगंगा नगरपालिकामा १ जना।मालारानी गाउँपालिकामा ४० जना र पाणिनी गाउँपालिकामा ९ जना गरि १ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा हाल सम्म कोरोना पुष्टि हुनेको संख्या ३९सय १४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लाभर बाट १सय १ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भए संगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ३हजार ४७ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अब सक्रिय कोरोना संक्रमितको संख्या ७ सय ८८ रहेको छ । यस्तै कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ७९ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close