सन्धिखर्कमा दिगो वन व्यवस्थापन सुदृढीकरण तालिम शुरु

सागर महत ,सन्धिखर्क।
वन प्राविधिक एवं सरोकारवालाहरुका लागि दिगो वन व्यवस्थापन सुदृढीकरण तालिम शुरु भएको छ ।कार्यक्रममा दिगो वन व्यवस्थापनको आर्थिक प्रभाव सम्बन्धी परिचय, विभिन्न स्रोतवाट प्राप्त गरीएका अध्ययन सामग्रीहरु, अध्ययनको उद्देश्य, अध्ययनका सीमाहरु, विध्यमान नीति, कानुनहरु, प्राकृतिक स्रोतको रुपमा वनको विविध आयामहरुको बारेमा समेत समीक्षा गरिने सिनियर डिभिजन वन अधिकृत मोहन प्रसाद श्रेष्ठले बताउनुभएको छ।

डिभिजन वन कार्यालय अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा भएको कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो।यस्तै अर्घाखाँचीमा करिव ५९प्रतिशत वन क्षेत्र भएकाले यसको समरक्षण संगै प्रदेश र संघ सरकारको आम्दानी र रोजगारीका अवसरमा जोडने विषयमा पनि यो कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो।

कार्यक्रम २दिन सम्म चल्ने छ।कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइराला ,सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ ,प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल लगायतको सहभागीता रहेको कार्यक्रम  वन अधिकृत केशव खडकाको संचालनमा उदघाटन कार्यक्रम सम्पन्न भएको हो।

यस्तै कार्यक्रममा वन सम्बर्द्धन प्रणाली कार्यान्वयन सुदृढीकरणका राजेश कुमार राईले सहजीकरण गर्नुभएको छ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close