फोहोरमैला ब्यवस्थापनको लागिःसबैको साथ सहयोगको अपेक्षा सापकोटा

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा फोहोरमैला ब्यवस्थापन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको सन्धिखर्क नगरपालिका को आयोजनामा सदरमुकाम सन्धिखर्कमा भएको अभिमुखीकरण कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले नगरको फोहोर मैला दिगो ब्यवस्थापन सम्बन्धी अध्ययन तथा अनुसन्धान र जनचेतना पहिलो कार्यक्रम गरिएको बताउनुभएको छ।
उहाँका अनुसार पुरानो डम्पिंग साईट लाई तत्कालको लागि मर्मतको चरणमा रहेको डम्पिंग साईट सम्पन्न भएपछि प्लाष्टिक रबर नाईलन, मेटल खाद्य काठ सिसा कागज लाई फोहोरको वर्गिकरण अनुसार राख्नको लागि नगर भित्रका २८ वटा टोलसुधार समितिका अध्यक्ष तथा प्रतिनिधि हरु बिच अन्तरक्रिया गरिएको सापकोटाले बताउनुभयो । फोहोरमैला टोल स्तरमै फोहोर वर्गीकरण गरेर नगरपालिकाको गाडीमा अलग–अलग पठाउने बताउनुभएको हो ।जसमा कुहिने फोहोर र नकुहिने फोहोर पठाईने छ भने फोहोर व्यवस्थापनको समयमा टोल स्तरमा विभिन्न माध्यम बाट जानकारी गराईने छ।नगरवासीमा फोहोरलाई हेर्ने दृष्टिकोण र संस्कारमा परिवर्तन नभएसम्म नगरको सरसफाई उपलब्धिमूलक नहुने भएकाले नगरलाई स्वच्छ बनाउन सबैको सहयोग अपरिहार्य बताईएको छ ।कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष युबराज बन्जाडेको अध्यक्षता सहजकर्ता हेमराज भुसालको सहजीकरण वडा सचिव पुष्पा भुसालको संचालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !