अर्घाखाँचीमा अनावश्यक सवारी साधनमा राखिएका लाइट हटाउने अभियान सुरु

सागर महत,सन्धिखर्क ।जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले अनावश्यक सवारी साधनमा राखिएका लाइट र स्पिकर हटाउने कार्यको सुरु गरेको छ।

जस अन्तर्गत पहिलो चरणमा ३७वटा सवारी साधनमा हटाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख निरज गौतमले जानकारी दिनुभयो।

विशेष गरी कम्पनीबाट बाट खरिद गर्दा बाहेकका अन्य लाइट जडान गरेका गाडीबाट हटाउने अभियान सुरु गरिएको हो ।

अनावश्यक लाइट जडान गरी यात्रु तथा सर्वसाधारणलाई समेत अप्ठ्यारो हुन्छ । यो अभियानले सडक दुर्घटना न्यूनिकरण सँगै सडकमा हिँडडुल गर्ने सर्वसाधारण लागि पनि महत्वपूर्ण भूमिका हुने कार्यालय प्रमुख गौतमको भनाइ छ । जिल्लाभरका सवारी साधनमा जोडिएका अनावश्यक लाइट र स्पिकर हटाउने उहाँले बताउनुभयो

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close