अन्तर पार्टी महिला सन्जाल अर्घाखाँचीको आयोजनामा सशक्तिकरण कार्यक्रम सम्पन्न

अर्घाखाँची ।अन्तर पार्टी महिला संजाल अर्घाखाँचीको आयोजना र सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोगमा एक दिने महिला सशक्तिकरण कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिकले पछिल्लो समय नगरपालिकाले सिप मुलक तालिम,आर्थिक बृद्वी दरको लागि सहुलियत दरमा कर्जा प्रदान गर्ने,महिला हिंसा न्युनिकरण लगायतको कार्यक्रम नगरपालिकाले संचालन गदै आएको बताउनुभएको छ भने यसमा सबै संग सहकार्य गरेर नगरपालिका अगाढी बढेको उपप्रमुख बिक को भनाइ छ ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत युगलनाराण बसेल,नेपाली कांग्रेसकी उपसभापति शान्ता भण्डारी,नेकपा नेत्री ईश्वरा पोखरेल,छमकुमारी खनाल लगायतले मन्तव्य राख्नुभएको थियो ।सन्धिखर्क नगरपालिका भित्रका सबै वडा बाट प्रतिनिधित्व हुने गरि महिलाहरुको सहभागीता रहेको कार्यक्रममा अधिवक्ता इन्दु पाण्डे लगायतले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम सञ्जालका अध्यक्ष छमा कार्की को अध्यक्षता माधवा भुसालको संचालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !