शितगंगा नगरपालिकामा मगर दिवसको दिन सार्वजनिक बिदा

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाले ४१ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा भोलि फागुन १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नगरपालिका अन्तर्गत रहेका सम्पुर्ण वडा कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्थाहरूमा मगर दिवसको दिन फागुन १५ गते स्थानीय बिदा दिने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत झबिन्द्र खनालले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !