अर्घाखाँचीमा १३ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सन्धिखर्क नगरपालिकामा ४ जना,भुमिकास्थान नगरपालिमामा १ जना,मालारानी गाउँपालिकामा २ जना र पाणिनी गाउँपालिकामा ६ जना गरि १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेमो संख्या ४ हजार पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लाभर बाट ३३ जना कोरोना मुक्त भए संगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ३ हजार ३ सय ६४ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अब सक्रिय संक्रमितको संख्या ५सय ५७ रहेको छ ।यस्तै हाल सम्म कोरोना संक्रमण बाट जिल्लाभरमा मृत्यु हुनेका संख्या ७९ रहेको छ ।
कमेन्ट गर्नुहोस !