कोभिड अस्पतालमा आगो लाग्दा ४० भन्दा धेरैको मृत्यु

इराकी अस्पतालको कोरोना भाइरस आइसोलेसन वार्डमा आगलागी हुँदा ४० भन्दा धेरै व्यक्तिको मृत्यु भएको छ । नसिरियास्थित अल हुसैन अस्पतालमा लागेको आगो सोमबार बेलुकी मात्रै निभाइएको छ । आगलागीको कारण अस्पष्ट छ । यद्यपी, अक्सिजन ट्यांक पड्किएको आगो लागेको हुनसक्ने अनुमान गरिएको छ ।
यसअघि नै युद्ध र भ्रष्टाचारका कारण इराकको स्वास्थ प्रणाली कमजोर अवस्थामा थियो, कोरोना भाइरस महामारीले यसलाई थप कमजोर बनाइदिएको छ । इराकमा झन्डै १४ लाखमा कोरोना देखिएको छ । त्यसमध्ये १७ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । झन्डै ४ करोड जनसंख्या रहेको इराकमा अहिलेसम्म केवल १० लाख जनसंख्याले मात्रै कम्तिमा खोपको एक डोज लगाउन पाएको छ । एजेन्सी
कमेन्ट गर्नुहोस !